प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि मोसाले मानिसहरूलाई भने: “आजको दिन सधैँ सम्झिराख किनभने तिमीहरूको दासत्वको घर—मिश्रबाट आजकै दिन यहोवा परमेश्‍वरले तिमीहरूलाई आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ तिमीहरूले खमिर* हालेको कुनै कुरा नखाओ।

  • प्रस्थान १३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि त्यो दिन तिमीहरूले आफ्ना छोराहरूलाई भन्‍नू, ‘यहोवा परमेश्‍वरले हामीलाई मिश्रबाट छुटाउन जे गर्नुभयो, त्यसलाई सम्झन हामी यो चाड मनाउँछौँ।’+

  • व्यवस्था ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्‍यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+

  • व्यवस्था ६:२०-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “भविष्यमा तिमीहरूका छोराहरूले, ‘यहोवा हाम्रा परमेश्‍वरले यी सम्झौटा, नीतिनियम र विधिविधान किन दिनुभयो’ भनेर सोधे भने २१ तिमीहरूले यसो भन्‍नू: ‘हामी मिश्रमा फारोका* दास थियौँ तर यहोवा परमेश्‍वरले आफ्नो पराक्रमी हातले हामीलाई त्यहाँबाट छुटाउनुभयो। २२ यहोवा परमेश्‍वरले मिश्रमा ठूलठूला चिन्ह र चमत्कार गर्नुभयो,+ जसले गर्दा मिश्र, फारो र तिनको पूरै घराना नाश भए। ती सबै हामीले आफ्नै आँखाले देख्यौँ।+

  • भजन ४४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ हे परमेश्‍वर, हामीले आफ्नै कानले सुनेका छौँ,

      उहिले-उहिलेको समयमा

      हाम्रा पुर्खाहरूको पालामा तपाईँले गर्नुभएका कामहरूबारे

      तिनीहरूले हामीलाई बताएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने