-
गन्ती १३:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए। २७ तिनीहरूले मोसालाई यस्तो खबर सुनाए: “हामी तपाईँले पठाउनुभएको देशमा गयौँ। त्यहाँ साँच्चै दूध र मह बग्दो रहेछ!+ अनि हेर्नुहोस्, त्यहाँबाट ल्याएको फल!+
-
-
व्यवस्था २७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै कुरा एक-एक गरी लेख्नू। त्यसैले जब तिमीहरू यहोवा परमेश्वरले दिन लाग्नुभएको देश, हो, यहोवा तिमीहरूका पितापुर्खाका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा पुग्नेछौ, तब तिमीहरूले ती ठूलठूला ढुङ्गाहरूमा व्यवस्थाका सबै कुरा लेख्न नबिर्सनू।+
-