-
प्रस्थान ५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तर तिनीहरूले भने: “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नुभएको छ। हाम्रा परमेश्वर यहोवाको निम्ति बलि चढाउन हामी तीन दिन यात्रा गरेर निर्जनभूमिमा जान चाहन्छौँ। त्यसैले कृपया हामीलाई जान दिनुहोस्+ नत्र उहाँले हामीमाथि महामारी ल्याउनुहुनेछ वा हामीलाई तरबारले मार्नुहुनेछ।”
-
-
प्रस्थान १०:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तर मोसाले भने: “होइन, हाम्रा परमेश्वर यहोवाको लागि बलि र अग्निभेटी* चढाउन हाम्रा जनावरहरू पनि सँगै लैजान दिनुहोस्।+ २६ हामी आफ्ना वस्तुभाउ एउटै छोड्नेछैनौँ, सबै लैजान्छौँ किनकि हामीलाई कुनै-कुनै वस्तुभाउ यहोवा परमेश्वरको निम्ति बलि चढाउन चाहिन्छ। अनि यहोवा परमेश्वरको उपासना गर्दा कुन जनावर चढाउनुपर्छ, त्यहाँ पुगेपछि मात्र हामीलाई थाह हुन्छ।”
-