-
प्रस्थान ३६:२४-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ अनि तिनले २० वटा चौकोसको लागि चाँदीको ४० वटा चूलघर* बनाए: प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर। अनि दुई-दुई वटा चूललाई दुई-दुई वटा चूलघरमा छिराएर चौकोस ठड्याए।+ २५ वासस्थानको उत्तर मोहडाको लागि तिनले २० वटा चौकोस बनाए। २६ अनि ती चौकोसहरूका लागि चाँदीको ४० वटा चूलघर बनाए; यसरी प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर भयो।
-