२३ तब मोसाले तिनीहरूलाई भने: “यहोवा परमेश्वरले नै यसो गर भन्नुभएको हो। भोलिको दिन यहोवा परमेश्वरको लागि छुट्ट्याइएको पवित्र विश्रामदिन* हुनेछ। भोलि तिमीहरूले कुनै काम गर्नेछैनौ।+ त्यसैले जे-जति पकाउन चाहन्छौ, आजै पकाऊ अनि जे-जति उमाल्न चाहन्छौ, आजै उमाल।+ उब्रेको जतिचाहिँ भोलि बिहानसम्म राख।”
१० तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+