-
व्यवस्था ४:१५-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यहोवा परमेश्वरले होरेबमा आगोको बीचबाट तिमीहरूसँग बोल्नुहुँदा तिमीहरूले त्यहाँ कुनै आकृति देखेका थिएनौ। त्यसैले तिमीहरू आफ्नो विषयमा होसियार होओ; १६ मूर्तिहरू बनाएर आफूलाई भ्रष्ट नपार। तिमीहरूले कुनै किसिमको मूर्ति नबनाउनू: न पुरुषको न स्त्रीको+ १७ न पृथ्वीका कुनै पशुको न आकाशका कुनै चराचुरुङ्गीको+ १८ न जमिनमा घस्रने कुनै जन्तुको न पानीमा हुने कुनै माछाको।+
-