प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २२:१५-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब यहोवा परमेश्‍वरको दूतले स्वर्गबाट अब्राहामलाई फेरि बोलाए १६ र यसो भने: “यहोवाले यस्तो सन्देश पठाउनुभएको छ, ‘मेरो निम्ति यति ठूलो त्याग गर्न तिमी राजी भयौ र आफ्नो एउटै छोरा बलि चढाउन समेत पछि हटेनौ।+ त्यसैले म आफ्नै कसम खाएर भन्छु,+ १७ म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्‌।+

  • उत्पत्ति ३५:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “तिम्रो नाम याकुब हो।+ तर अबदेखि तिमी याकुब नामले होइन, इस्राएल नामले चिनिनेछौ।” अनि परमेश्‍वरले तिनलाई इस्राएल भनेर बोलाउन थाल्नुभयो।+ ११ परमेश्‍वरले तिनलाई अझै भन्‍नुभयो: “म सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुँ।+ तिम्रा सन्तान फलून्‌-फुलून्‌ र बढ्‌दै जाऊन्‌। तिम्रै सन्तानबाट विभिन्‍न जाति बन्‍नेछन्‌+ र राजाहरू निस्कनेछन्‌।+

  • हिब्रू ६:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ जब परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो, तब कसम खानलाई आफूभन्दा ठूलो कोही नभएकोले आफ्नै कसम खानुभयो+ १४ र यसो भन्‍नुभयो: “म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र निश्‍चय तिम्रो वृद्धि गराउनेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने