-
गन्ती २५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “पुजारी हारुनको नाति अर्थात् एलियाजारको छोरा पिनहासले+ इस्राएलीहरूको माझबाट मेरो क्रोध हटाइदिएका छन्। मानिसहरू मविरुद्ध खडा हुँदा तिनले त्यसलाई पटक्कै सहेनन्।+ यदि तिनले त्यसो नगरेको भए मानिसहरूले अरू कसैको उपासना गर्थे र म इस्राएलीहरूलाई नाश गर्ने थिएँ किनकि मबाहेक अरू कसैको भक्ति गरिएको म सहन्नँ।+
-
-
व्यवस्था १३:६-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “यदि तिम्रो साक्खै दाजुभाइ, छोरा वा छोरी, प्यारी पत्नी वा घनिष्ठ साथीले गुपचुपमा तिमीले वा तिम्रो पुर्खाले पहिला कहिल्यै नचिनेको देवताको पछि लाग्न फकाउँछ र ‘आऊ, हामी अरू देवताहरूको पूजा गरौँ’+ भन्छ भने, ७ चाहे ती तिम्रै वरपरका जातिले पुज्ने देवता होऊन् वा धेरै टाढाका जातिले पुज्ने देवता, जहाँसुकैका देवता भए पनि ८ तिमीहरूलाई फकाउने त्यस मानिसको कुरा नसुन्नू;+ उसलाई कुनै दयामाया नदेखाउनू वा बचाउन नखोज्नू। ९ बरु उसलाई मार्नू; कुनै पनि हालतमा नछोड्नू।+ उसलाई मार्दा सबैभन्दा पहिला तिम्रै हात उठोस् र पछि अरू सबैले तिमीलाई साथ देऊन्।+
-