४४ यहोवा परमेश्वरले तिनीहरूका पुर्खाहरूसित कसम खानुभएझैँ उहाँले तिनीहरूलाई शान्ति दिनुभयो।+ यहोवा परमेश्वरले तिनीहरूका सबै शत्रुलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो।+ एक जना शत्रु पनि तिनीहरूविरुद्ध खडा हुन सकेन।+
२३यहोवा परमेश्वरले वरपरका शत्रुहरूबाट इस्राएलीहरूलाई आराम+ दिनुभएको धेरै समय भइसकेको थियो। यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+