२१ “‘यदि कसैले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्वरलाई मेलबलि चढाउन चाहन्छ भने+ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट निष्खोट जनावर ल्याओस्। यस्तो भेटी मात्र परमेश्वरले स्विकार्नुहुन्छ। तिमीहरूले खोट भएको जनावर नचढाउनू।
१६ जब हामी धन्यवादको कचौराको निम्ति धन्यवाद चढाउँछौँ, तब हामी ख्रिष्टको रगतको भागीदार भइरहेका हुँदैनौँ र?+ जब हामी रोटी भाँचेर खान्छौँ, तब हामी ख्रिष्टको शरीरको भागीदार भइरहेका हुँदैनौँ र?+