-
प्रस्थान २९:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “हारुन र तिनका छोराहरूले पुजारीको रूपमा मेरो सेवा गर्नुअघि तिनीहरूलाई यसरी चोख्याउनू: एउटा बहर र दुई वटा निष्खोट थुमा ल्याउनू।+ २ साथै अखमिरा* रोटी, तेलमा मुछेर पकाइएको सेल आकारको अखमिरा रोटी र तेल दलेको अखमिरा पापडी ल्याउनू।+ तिमीले यी सबै रोटी गहुँको मसिनो पीठोले बनाउनू। ३ ती रोटीहरू एउटा टोकरीमा राख्नू अनि त्यसलाई बहर र दुई वटा थुमासँगै चढाउनू।+
-
-
लेवी ६:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘अन्नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्वरसामु वेदीअगाडि अन्नभेटी चढाऊन्। १५ तिनीहरूमध्ये एक जनाले अन्नभेटीबाट एक मुठी मसिनो पीठो, अलिकता तेल र सबै सेतो धूप* लिएर सम्पूर्ण भेटीको प्रतीकस्वरूप* वेदीमा जलाऊन्। यस अन्नभेटीबाट निस्केको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+
-