२९ “हारुन र तिनका छोराहरूले पुजारीको रूपमा मेरो सेवा गर्नुअघि तिनीहरूलाई यसरी चोख्याउनू: एउटा बहर र दुई वटा निष्खोट थुमा ल्याउनू।+ २ साथै अखमिरा रोटी, तेलमा मुछेर पकाइएको सेल आकारको अखमिरा रोटी र तेल दलेको अखमिरा पापडी ल्याउनू।+ तिमीले यी सबै रोटी गहुँको मसिनो पीठोले बनाउनू।