-
लेवी १३:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “अथवा कसैलाई आगोले पोल्यो र पोलेको ठाउँको आलो मासुमा रातोरातो, सेतोसेतो वा सेतो दाग देखियो भने २५ पुजारीले उसलाई जाँचेर हेरून्। दाग भएको ठाउँको रौँ सेतो भएको छ र त्यो दाग भित्रसम्मै गढेको छ भने त्यो पोलेको ठाउँबाट निस्केको कुष्ठरोग हो; पुजारीले उसलाई अशुद्ध ठहराऊन्। त्यो कुष्ठरोग हो।
-