-
लेवी १४:१५-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि पुजारीले भेटीको अलिकति तेल+ आफ्नो बायाँ हत्केलामा खन्याऊन्। १६ त्यसपछि तिनले बायाँ हत्केलामा भएको तेलमा आफ्नो दायाँ औँला चोपून् र यहोवा परमेश्वरसामु सात पल्ट छर्कून्। १७ त्यसपछि तिनले आफ्नो हत्केलामा बाँकी भएको तेलबाट अलिकति लिएर शुद्ध हुन आएको व्यक्तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा दोषभेटीको रगत लगाएकै ठाउँमा लगाइदेऊन्। १८ अनि तिनले आफ्नो हत्केलामा बाँकी भएको तेल शुद्ध हुन आएको व्यक्तिको टाउकोमा लगाइदेऊन् अनि तिनले यहोवा परमेश्वरसामु उसको निम्ति प्रायश्चित गरिदेऊन्।+
-