-
लेवी ७:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “इस्राएलीहरूलाई यसो भन्नू, ‘तिमीहरूले बहर वा थुमा वा बाख्राको बोसो नखानू।+
-
-
१ समुएल २:१५-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यति मात्र होइन, बलि चढाउने मानिसले माथिसम्म धुवाँ उठ्नेगरि जनावरको बोसो जलाउनुअघि+ नै पुजारीको सेवक आउँथ्यो र यसो भन्थ्यो: “पोलेर खान पुजारीको लागि मासु देऊ। उनले उसिनेको मासु लिँदैनन्। त्यसैले काँचै मासु देऊ।” १६ ती मानिसले “पहिला उनीहरूलाई बोसो जलाउन दिनुहोस्।+ त्यसपछि तपाईँलाई जे-जति चाहिन्छ, लैजानुहोस्” भने पनि पुजारीको सेवकले यसो भन्थ्यो: “होइन, मलाई अहिल्यै देऊ नत्र म खोसेर लैजान्छु!” १७ यसरी ती सेवकहरूले यहोवा परमेश्वरको नजरमा घोर पाप गरे;+ ती पुरुषहरूले यहोवा परमेश्वरको निम्ति चढाइएको बलिदानको अनादर गरिरहेका थिए।
-