प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३०:३४-३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमीले यी मसलाहरू बराबर मात्रामा ल्याउनू:+ गुँद, नखी, हिङ अनि शुद्ध सेतो धूप।* ३५ यी सबै मिसाएर धूप तयार पार्नू।+ सबै मसला ठीक-ठीक मात्रामा मिसाउनू अनि त्यसमा नुन पनि हाल्नू।+ यो धूप शुद्ध र पवित्र होस्‌। ३६ यसबाट अलिकति धूप लिनू र त्यसलाई कुटेर मसिनो धुलो पार्नू अनि यो मसिनो धुलोबाट अलिकति लिएर त्यसलाई भेट हुने पालमा भएको साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्छु। यो मसिनो धुलोलाई तिमीहरूले महापवित्र ठान्‍नू।

  • प्रकाश ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ जब तिनले त्यो मुठा लिए, तब चार जीव र २४ जना एल्डर+ ती पाठोसामु घोप्टो परे। प्रत्येक एल्डरसित एउटा वीणा थियो र तिनीहरूसित धूपले भरिएको सुनका कचौराहरू पनि थिए। (त्यो धूपको अर्थ पवित्र जनहरूका प्रार्थनाहरू हो।)+

  • प्रकाश ८:३-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब अर्को स्वर्गदूत आइपुगे र तिनी वेदीको+ छेउमा उभिए। तिनीसित सुनको धूपदानी थियो र सबै पवित्र जनले प्रार्थना चढाउँदा तिनले सिंहासनअगाडि भएको सुनको वेदीमा+ धूप चढाऊन्‌ भनेर तिनलाई थुप्रै धूप+ दिइयो। ४ ती स्वर्गदूतले हातमा लिएको धूपबाट उठेको धुवाँ पवित्र जनहरूको प्रार्थनासँगसँगै+ परमेश्‍वरकहाँ पुग्यो। ५ तब तुरुन्तै ती स्वर्गदूतले धूपदानी लिएर त्यसमा वेदीको आगो भरे अनि पृथ्वीमा हुर्ऱ्याए। तब मेघहरू गर्जिए, आवाजहरू सुनिए, बिजुलीहरू चम्के+ अनि भूकम्प गयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने