प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १०:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ किनकि मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

  • हिब्रू २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्‍वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+

  • हिब्रू ७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उहाँले अरू प्रधानपुजारीहरूले जस्तो पहिला आफ्ना पापहरूको लागि अनि त्यसपछि मानिसहरूका पापहरूको लागि+ हरेक दिन बलिदान चढाउनु आवश्‍यक छैन+ किनकि उहाँले आफूलाई अर्पण गरेर एकै चोटि सदाको लागि यो काम पूरा गर्नुभयो।+

  • हिब्रू ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर दोस्रो कोठामा भने प्रधानपुजारी वर्षको एक पटक एक्लै पस्थे।+ तिनी रगत नलिई त्यहाँ पस्दैनथे,+ जुन रगत तिनले आफ्नो लागि+ र मानिसहरूले अनजानमा गरेका पापहरूका लागि+ चढाउँथे।

  • हिब्रू ९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो+ र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।*+

  • प्रकाश १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ साथै येसु ख्रिष्टको पनि, जो “विश्‍वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ।

      उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्‍त गर्नुभयो+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने