प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस्‌ भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्‍वरको करारलाई पक्का गर्छ।+

  • रोमी ३:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ येसु ख्रिष्टको रगतमाथिको विश्‍वासद्वारा+ तिनीहरूको पापको प्रायश्‍चित होस्‌* भनेर परमेश्‍वरले उहाँलाई बलिदानको रूपमा चढाउनुभयो।+ आफू न्यायी छु भनी प्रकट गर्न परमेश्‍वरले त्यसो गर्नुभयो किनकि बितेको समयमा तिनीहरूले गरेका पापहरू सहेर उहाँले क्षमा गरिरहनुभएको थियो।

  • रोमी ५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यसप्रकार ख्रिष्टको रगतद्वारा अब हामी धर्मी ठहरिसकेको हुनाले+ उहाँद्वारै परमेश्‍वरको क्रोधबाट पनि बच्नेछौँ भनी हामी झनै पक्का हुन सक्छौँ।+

  • एफिसी १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ ख्रिष्टले आफ्नो रगतद्वारा तिर्नुभएको फिरौतीमार्फत+ हामीले छुटकारा पाएका छौँ। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौँ,+ जुन हामीमाथि परमेश्‍वरले प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रहबमोजिमै थियो।

  • हिब्रू ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ हो, मोसाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ+ अनि रगत नबगाईकन पाप क्षमा हुँदैन।+

  • हिब्रू १३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैगरि येसुले पनि आफ्नो रगतले मानिसहरूलाई पवित्र पार्न+ सहरको ढोकाबाहिर कष्ट भोग्नुभयो।+

  • १ पत्रुस १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ जसलाई आज्ञाकारी बनाउन र येसु ख्रिष्टको रगत छर्किन+ परमेश्‍वर, हाम्रा बुबाले+ आफ्नो पूर्वज्ञानअनुसार रोज्नुका साथै आफ्नो पवित्र शक्‍तिद्वारा पवित्र पार्नुभएको छ:+

      तिमीहरूले पाइरहेको परमेश्‍वरको असीम अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस्‌।

  • १ युहन्‍ना १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर उहाँ आफै ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँडिरहेका छौँ भने एकअर्कासित हाम्रो साझेदारी पक्कै छ र उहाँको छोरा येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।+

  • प्रकाश १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ साथै येसु ख्रिष्टको पनि, जो “विश्‍वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ।

      उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्‍त गर्नुभयो+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने