-
उत्पत्ति १९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनीहरूले ठूलठूलो स्वरमा लुतलाई बोलाउँदै यसो भने: “आज बेलुकी तेरो घरमा आएका मानिसहरू खोइ? उनीहरूलाई बाहिर निकाल्, हामी उनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”+
-
-
लेवी १८:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “‘तिमीले कुनै स्त्रीसित यौनसम्बन्ध राखेजस्तै पुरुषसित यौनसम्बन्ध नराख्नू;+ यो घृणित काम हो।
-
-
न्यायकर्ता १९:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिनीहरू आनन्दले बसिरहेको बेला सहरका केही निकम्मा मानिसहरू आएर ती वृद्ध पुरुषको घर घेरे अनि ढोका बेसरी घचघच्याए। ती निकम्मा मानिसहरूले घरको मालिक, ती वृद्ध पुरुषलाई कराउँदै यसो भन्न थाले: “तिम्रो घरमा आएको त्यस मानिसलाई यहाँ बाहिर निकाल, हामी ऊसित सम्भोग गर्न चाहन्छौँ।”+
-
-
रोमी १:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ परमेश्वरले तिनीहरूलाई पतित कामवासनामै डुबिरहून् भनी छोडिदिनुभयो+ किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक यौनसम्बन्ध राख्न छोडेर अप्राकृतिक सम्बन्ध राखे।+ २७ त्यसैगरि पुरुषहरूले पनि स्त्रीहरूसित प्राकृतिक सम्बन्ध राख्न छोडे बरु एकअर्कासित अर्थात् पुरुषहरूसितै+ कामेच्छाले जलेर निर्लज्ज काम गरे अनि तिनीहरूले आफ्नो कर्तुतको पूरापूर उचित दण्ड पाए।+
-
-
१ कोरिन्थी ६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अधर्मी मानिसहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन् भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+ १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्।+
-