-
लेवी ११:४६, ४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ “‘जनावर, चराचुरुङ्गी, पानीमा चलहल गर्ने जीवजन्तु र झुन्ड बनाएर जमिनमा बस्ने सबै किसिमका जीवजन्तुमा यो नियम लागू हुन्छ। ४७ तिमीहरूले शुद्ध र अशुद्ध अनि खान हुने र खान नहुने जीवजन्तुबीचको भिन्नता छुट्ट्याउन सक भनेर यो नियम दिइएको हो।’”+
-
-
व्यवस्था १४:४-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिमीहरूले खान हुने जनावर यी हुन्:+ बहर, भेडा, बाख्रा, ५ हरिण, मृग, बँराठ, जङ्गली बाख्रा, कृष्णसार, जङ्गली भेडा अनि पहाडी भेडा। ६ खुर चिरिएको र उग्राउने जनावर तिमीहरूले खान सक्छौ। ७ तिमीहरूले उग्राउने तर खुर नचिरिएका जनावरहरूचाहिँ नखानू। जस्तै: उँट, जङ्गली खरायो र भीरखरायो। किनभने यिनीहरू उग्राउँछन् तर यिनीहरूको खुर चिरिएका हुँदैनन्। यिनीहरू तिमीहरूका निम्ति अशुद्ध हुन्।+ ८ तिमीहरूले सुँगुर पनि नखानू किनभने त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्राउँदैन। त्यो तिमीहरूका लागि अशुद्ध हो। तिमीहरूले त्यसको मासु नखानू वा त्यसको सिनु नछुनू।
९ “तिमीहरूले पानीमा बस्ने पखेटा र कत्ला भएका जीवजन्तु खान सक्छौ।+ १० तर तिमीहरूले पखेटा र कत्ला नभएका जीवजन्तुचाहिँ नखानू। त्यो तिमीहरूका लागि अशुद्ध हो।
११ “तिमीहरूले सबै शुद्ध चराचुरुङ्गी खान सक्छौ। १२ तर तिमीहरूले यी चराचुरुङ्गी नखानू: चील, मलाहा-चील, कालो गिद्ध,+ १३ रातो चील, कालो चील र सबै किसिमका चील, १४ सबै किसिमका काग, १५ सुतुरमुर्ग,* लाटोकोसेरो, गङ्गाचील, सबै किसिमका बाज, १६ सानो खालको लाटोकोसेरो, लामो कान हुने लाटोकोसेरो, राजहाँस, १७ घाउँके हावासील,* गिद्ध, जलेवा, १८ गरुड, सबै किसिमका बकुल्ला, फाप्रेचरा र चमेरो। १९ पखेटा भएका र झुन्डमा रहने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्। तिमीहरूले ती नखानू। २० तर तिमीहरूले उड्न सक्ने सबै शुद्ध जीव खान सक्छौ।
-