-
रुथ २:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ एकदिन मोआबी रुथले नाओमीलाई भनिन्: “तपाईँ मलाई अनुमति दिनुहुन्छ भने म खेतमा सिलाबाला बटुल्न जान्छु।+ जसले मलाई दया देखाउँछ, म उसैको पछिपछि गएर सिलाबाला बटुल्छु।” यो सुनेपछि नाओमीले रुथलाई भनिन्: “हुन्छ छोरी, जाऊ।” ३ अनि रुथ खेतमा गइन् र बाली काटिरहेकाहरूको पछिपछि गएर सिलाबाला बटुल्न थालिन्। संयोगले उनी एलिमेलेककै घरानाका+ बोअजको खेतमा पुगिन्।+
-