१० “‘त्यो अग्निभेटी भेडाबाख्राको बगालबाट ल्याइएको हो भने+ उसले भेडाको अथवा बाख्राको निष्खोट पाठो चढाओस्।+११ त्यसलाई यहोवा परमेश्वरसामु वेदीको उत्तरतिर काट्नू अनि हारुनको सन्तान अर्थात् पुजारीहरूले वेदीको चारैतिर त्यसको रगत छर्कून्।+
२५ “हारुन र तिनका छोराहरूलाई यसो भन्नू, ‘पापभेटीको नियम यो हो:+ अग्निभेटीको जनावर जहाँ काटिन्छ,+ त्यहीँ पापभेटीको जनावर पनि यहोवा परमेश्वरसामु काटियोस्। यो महापवित्र कुरा हो।