१० अनि मोसाले तिनीहरूलाई यस्तो आदेश दिए: “हरेक सात वर्षको अन्तमा अर्थात् ऋण माफी दिने वर्षमा+ तोकिएको समयमै झुप्रोबासको चाड मनाउन+ ११ सारा इस्राएली यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला हुँदा+ सबैले सुन्नेगरि तिमीहरूले यो व्यवस्था पढ्नू।+