प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+

  • भजन ४१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+

      यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।

  • भजन ११२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ उदार भई ऋण दिने मानिसको भलो हुन्छ।+

      י [योद]

      उसले आफ्नो सबै काम न्यायसाथ गर्छ।

  • हितोपदेश ३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिमीसँग अरूलाई केही दिने क्षमता छ भने

      खाँचोमा परेकालाई मदत गर्न पछि नहट।+

  • हितोपदेश १९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+

      त्यसको इनाम उहाँले दिनुहुन्छ।+

  • मर्कुस १४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्‌+ र तिमीहरू उनीहरूको भलो हुने काम आफ्नो इच्छाअनुसार जहिले पनि गर्न सक्छौ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+

  • प्रेषित ११:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री+ पठाउने निधो गरे।+

  • १ तिमोथि ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्‌, तिनीहरू असल काममा धनी होऊन्‌, उदार होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌+

  • १ युहन्‍ना ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्‍वरको प्रेम उसमा कसरी रहन्छ र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने