५ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्वर मबाहेक अरू कसैको भक्ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु।
१८ ‘यहोवा हतपती नरिसाउने अनि अटल प्रेममा* भरिपूर्ण परमेश्वर हुनुहुन्छ।+ उहाँ तिनीहरूको गल्ती र अपराध क्षमा गर्नुहुन्छ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्नुहुन्न। बुबाले गरेको गल्तीको सजाय तिनीहरूका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनुहुन्छ।’+