३ त्यसपछि मोसाले इस्राएलीहरूकहाँ गएर यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा र उहाँका सबै नियम सुनाए+ अनि तिनीहरू सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ।”+
८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+
९ म ढुङ्गाका पाटीहरू अर्थात् यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारका पाटीहरू+ लिन डाँडामा उक्लँदा+ ४० दिन र ४० रात त्यहीँ बसेँ।+ मैले त्यसबेला केही खाइनँ; मुखमा पानीसमेत हालिनँ।