प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १२:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनले त्यो यहोवा परमेश्‍वरसामु चढाऊन्‌ र त्यस स्त्रीको निम्ति प्रायश्‍चित गरिदेऊन्‌। त्यसपछि ऊ रगत बगेको कारण अशुद्ध भएको अवस्थाबाट शुद्ध हुनेछे। कुनै स्त्रीले छोरा या छोरी जन्माउँदा यही नियम लागू हुनेछ। ८ तर ऊसित भेडा चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा ल्याओस्‌;+ एउटा अग्निभेटीको निम्ति अनि अर्को पापभेटीको निम्ति। त्यसपछि पुजारीले उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र ऊ शुद्ध हुनेछे।’”

  • लेवी १४:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “यदि ऊ गरिब छ र उसको औकातले दिँदैन भने आफ्नो प्रायश्‍चितको निम्ति दोषभेटी चढाउन र त्यसलाई डोलाउने भेटीको रूपमा डोलाउन उसले भेडाको एउटा निष्खोट पाठो ल्याओस्‌। साथै अन्‍नभेटीको निम्ति एपाको दस भागको एक भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्‌ अनि एक लग तेल ल्याओस्‌। २२ अनि आफ्नो औकातअनुसार उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा पनि ल्याओस्‌; एउटा पापभेटीको निम्ति अनि अर्को अग्निभेटीको निम्ति।+

  • लेवी १५:१३-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “‘धातु बग्न छोड्‌यो र ऊ निको भयो भने धातु बग्न छोडेको सात दिनपछि उसले आफ्नो लुगा धोओस्‌ र खोलाको पानीले नुहाओस्‌ अनि ऊ शुद्ध हुनेछ।+ १४ आठौँ दिन उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा+ भेट हुने पालको* प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु ल्याओस्‌ र पुजारीलाई देओस्‌। १५ अनि पुजारीले तीमध्ये एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा चढाऊन्‌। यसरी तिनले धातु बगेको त्यस मानिसको निम्ति यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गरिदेऊन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने