-
प्रस्थान २९:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ “तिमीले हरेक दिन वेदीमा चढाउनुपर्ने कुराहरू यी हुन्: भेडाका एक-एक वर्षका दुई वटा पाठा।+
-
-
प्रस्थान २९:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ तिमीले भेट हुने पालको प्रवेशद्वारमा यो अग्निभेटी यहोवा परमेश्वरसामु पुस्तौँपुस्तासम्म निरन्तर चढाउनू; त्यहीँ म तिमीसामु देखा पर्नेछु र तिमीसित कुरा गर्नेछु।+
-
-
२ इतिहास २:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ म मेरा परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउँदै छु। त्यो भवन परमेश्वरको निम्ति पवित्र पारिनेछ। त्यहाँ उहाँसामु सुगन्धित धूप चढाइनेछ,+ नियमित रूपमा भेटीको रोटी* राखिनेछ+ अनि हरेक बिहान र बेलुकी,+ विश्रामदिनमा,*+ औँसीमा+ र यहोवा परमेश्वरको निम्ति चाडहरू+ मनाइँदा अग्निभेटी चढाइनेछ। यो इस्राएलीहरूले सधैँ पूरा गर्नुपर्ने कर्तव्य हो।
-