२ “इस्राएलीहरूलाई यसो भन्नू, ‘यहोवा परमेश्वरले मनाउनू भनी आज्ञा गर्नुभएका चाडहरू+ पवित्र सभाहरू हुन् भनी घोषणा गर।+ तिमीहरूले तोकिएकै समयमा यी चाडहरू मनाउनू:
१६ “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्: अखमिरा रोटीको चाडमा,*+ हप्ताहरूको चाडमा+ र झुप्रोबासको चाडमा।+ यहोवा परमेश्वरसामु तिनीहरू कोही पनि खाली हात नजाऊन्।