४ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसारै अहिले तिमीहरूका भाइबन्धुलाई शान्ति दिनुभएको छ।+ त्यसैले तिमीहरू यहोवा परमेश्वरका सेवक मोसाले तिमीहरूको अधिकारमा दिएको यर्दनपारिको* इलाकामा जाओ र आ-आफ्नो पालमा बस।+
९ त्यसपछि रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरू कनानको सिलोमा अरू इस्राएलीहरूसँग बिदा भएर आफूले अधिकार गर्न पाएको इलाका गिलादतर्फ फर्के,+ जहाँ तिनीहरू यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएबमोजिम बसोबास गर्थे।+