-
व्यवस्था ३:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तिमीहरूका पत्नी, बालबच्चा अनि वस्तुभाउ मात्र (मलाई थाह छ, तिमीहरूका वस्तुभाउ धेरै छन्) मैले दिएको इलाकामा बसून्। २० तर यहोवा परमेश्वरले तिमीहरूलाई जस्तै तिम्रा दाजुभाइलाई पनि विश्राम दिनुभएपछि अनि यहोवा तिमीहरूका परमेश्वरले यर्दनपारिको देश तिनीहरूको अधिकारमा दिनुभएपछि तिमीहरू आ-आफ्नो अधिकारमा पर्ने इलाकामा फर्कन सक्छौ र त्यहीँ बसोबास गर्न सक्छौ।’+
-
-
यहोसु १:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यर्दन नदीको यस छेउमा* मोसाले तिमीहरूलाई दिएको इलाकामा तिमीहरूका पत्नी, बालबच्चा अनि वस्तुभाउ बसून्।+ तर तिमीहरू सबै वीर योद्धाचाहिँ+ दल-दल बनाएर अरू कुलभन्दा अघिअघि नदी पार गर्नू।+ तिमीहरूले अरू कुलका दाजुभाइलाई तबसम्म मदत गर्नू, १५ जबसम्म यहोवा परमेश्वरले तिनीहरूलाई पनि तिमीहरूलाई जस्तै शान्ति र सुरक्षा दिनुहुन्न अनि यहोवा परमेश्वरले दिनुहुने इलाका तिनीहरूले हासिल गर्दैनन्। त्यसपछि यहोवा परमेश्वरका सेवक मोसाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको इलाकामा फर्कनू र त्यहाँ बसोबास गर्नू।’”+
-
-
यहोसु १३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मोसाले मनस्सेको बाँकी आधा कुल, रुबेनका सन्तान र गादका सन्तानलाई पैतृक सम्पत्तिको रूपमा यर्दन नदीको पूर्वतिरको इलाका दिएका थिए। यहोवा परमेश्वरका सेवक मोसाले तिनीहरूलाई दिएका इलाका यी नै हुन्:+
-