-
प्रस्थान २६:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ पर्दालाई सुनले मोहोरेको बबुल काठका चार वटा खामामा झुन्ड्याउनू। ती खामाहरूमा सुनका अङ्कुसेहरू लगाउनू। ती खामाहरूलाई चाँदीका चार वटा चूलघरमा ठड्याउनू।
-
-
प्रस्थान २६:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ त्यो पर्दा झुन्ड्याउन बबुल काठका पाँच वटा खामा बनाउनू र ती खामाहरूलाई सुनले मोहोर्नू। ती खामाहरूमा सुनका अङ्कुसेहरू लगाउनू र ती खामाहरूका लागि तामाका पाँच वटा चूलघर बनाउनू।
-
-
प्रस्थान ३६:३७, ३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ तिनले वासस्थानको प्रवेशद्वारको लागि अर्को एउटा पर्दा बनाए। तिनले त्यो पर्दा बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर बनाए।+ ३८ साथै पाँच वटा खामा र त्यसका अङ्कुसेहरू पनि बनाए। तिनले खामाको माथिल्लो भाग र त्यसका जोडनीहरूलाई* सुनले मोहोरे तर खामाका पाँच वटा चूलघर भने तामाका बनाए।
-