प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि मोसाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए। पुजारी एलियाजारका छोरा पिनहास पनि तिनीहरूसँगै गए।+ तिनले पवित्र भाँडाकुँडा र युद्धको सङ्‌केत दिने बिगुलहरू पनि आफूसितै लगे।+

  • १ इतिहास १५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ पुजारीहरू सेबन्याह, योसापात, नेथनेल, अमासै, जकरिया, बेनायाह र एलिएजरले साँचो परमेश्‍वरको सन्दुकको अगाडि ठूलठूलो आवाजमा बिगुल फुके।+ साथै ओबेद-एदोम र यहियाहले पनि सन्दुकका पहरेदारको रूपमा सेवा गरे।

  • १ इतिहास १६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ पुजारीहरू बेनायाह र याहजिएलले चाहिँ साँचो परमेश्‍वरको करारको सन्दुकअगाडि निरन्तर बिगुल फुक्थे।

  • २ इतिहास २९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसैले लेवीहरू दाउदले बनाएका बाजाहरू लिएर अनि पुजारीहरूचाहिँ बिगुलहरू लिएर खडा भए।+

  • नहेम्याह १२:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ पुजारीहरूका केही सन्तान पनि बिगुल लिएर तिनीहरूसँगै हिँडिरहेका थिए।+ तीमध्ये एक जना जकरिया थिए, जो जोनाथनका छोरा थिए। जोनाथन सेमायाहका छोरा थिए। सेमायाह मत्तन्याहका छोरा थिए। मत्तन्याह मिकायाहका छोरा थिए। मिकायाह जक्कुरका छोरा थिए र जक्कुर आसापका छोरा थिए।+

  • नहेम्याह १२:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ पुजारीहरू एलियाकिम, मासेयाह, मिन्यामिन, मिकायाह, एलियोनै, जकरिया र हानन्याह पनि बिगुल लिएर त्यहीँ खडा भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने