-
हिब्रू ९:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यो पाल अहिलेको समयको लागि नमुना हो+ अनि यही प्रबन्धअनुसार भेटी र बलिदानहरू अझै पनि चढाइँदै छ।+ तथापि यी कुराहरूले पवित्र सेवा चढाउने मानिसको अन्तस्करण पूर्ण रूपले सफा बनाउन सक्दैन।+ १० यी कुराहरू खानपानसित अनि शुद्धीकरणसम्बन्धी विभिन्न रीतिथितिहरूसित* मात्र सम्बन्धित छन्।+ यी कुराहरू शरीरसम्बन्धी कानुनी आवश्यकताहरू थिए+ अनि सबै कुरा ठीकठीक ठाउँमा ल्याउने तोकिएको समय नआउन्जेलसम्म लागू हुने थिए।
-
-
हिब्रू ९:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यदि अशुद्ध भएका मानिसहरूमाथि बोका र बहरहरूको रगत+ अनि कोरलीको* खरानी छर्कँदा तिनीहरूको शरीर परमेश्वरको नजरमा शुद्ध हुन्छ भने+ १४ ख्रिष्ट, जसले सदा कायम रहने पवित्र शक्तिद्वारा परमेश्वरसामु निष्खोट बलिको रूपमा आफूलाई चढाउनुभयो, उहाँको रगतले+ हाम्रो अन्तस्करणलाई मरेका कामहरूबाट झनै कत्ति शुद्ध पार्ला+ ताकि हामीले जीवित परमेश्वरलाई पवित्र सेवा चढाउन सकौँ?+
-