१७ तब इस्राएलीहरूले सन्देशवाहकहरूमार्फत एदोमका+ राजालाई यस्तो सन्देश पठाएका थिए: “कृपया हामीलाई तपाईँको इलाका भएर जान दिनुहोस्!” तर एदोमका राजाले जान दिएनन्। अनि तिनीहरूले मोआबका+ राजालाई पनि त्यस्तै सन्देश पठाएका थिए तर तिनले पनि मानेनन्। त्यसैले इस्राएलीहरू कादेसमै+ बसोबास गरिरहे।