२१ तब इस्राएलका परमेश्वर यहोवाले सिहोन र तिनका सारा मानिसलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले तिनीहरूलाई हराए अनि एमोरीहरूको पूरै इलाका आफ्नो कब्जामा लिए।+ २२ यसरी इस्राएलीहरूले अर्नोनदेखि याब्बोकसम्म अनि निर्जनभूमिदेखि यर्दनसम्म एमोरीहरूको पूरै इलाका आफ्नो कब्जामा लिए।+