-
गन्ती २२:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तिनीहरूले बालामकहाँ आएर यसो भने: “जिप्पोरका छोरा बालाकले यसो भन्नुभएको छ, ‘कृपया जसरी भए पनि आउनुहोस्। तपाईँलाई कुनै कुराले नअल्झाओस्। १७ म तपाईँलाई ठूलो इनाम दिएर सम्मान गर्नेछु। तपाईँ जे भन्नुहुन्छ, म त्यही गर्नेछु। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्।’”
-
-
गन्ती २४:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० यो सुनेर बालाक बालामसित रिसले चूर भए। तिनले खिस्याउने पारामा थपडी मार्दै बालामलाई यसो भने: “मैले त तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन पो बोलाएको,+ तर तपाईँले त उल्टै तिनीहरूलाई तीन-तीन पल्ट आशिष् दिनुभयो। ११ अब तपाईँ यहाँबाट गइहाल्नुहोस्! तपाईँलाई प्रशस्त इनाम दिएर सम्मान गरूँला+ भन्ने सोचेको थिएँ तर हेर्नुहोस्, यहोवाले तपाईँलाई सम्मान पाउनदेखि रोक्नुभएको छ।”
-