-
१ इतिहास २८:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+
-
-
२ इतिहास १५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसैले तिनी आसालाई भेट्न गए अनि यसो भने: “हे आसा अनि यहुदा र बिन्यामिनको कुलका सबै मानिस हो! मेरो कुरा सुन! जबसम्म तिमीहरू यहोवा परमेश्वरसँग रहन्छौ, तबसम्म उहाँ पनि तिमीहरूसँग रहनुहुनेछ।+ अनि तिमीहरूले उहाँको खोजी गऱ्यौ भने उहाँलाई भेट्टाउनेछौ।+ तर तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।+
-
-
२ इतिहास २४:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० परमेश्वरको पवित्र शक्ति पुजारी यहोयादाका+ छोरा जकरियामाथि आयो। तिनी मानिसहरूसामु एउटा अग्लो ठाउँमा उभिए र भने: “साँचो परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू किन यहोवा परमेश्वरको आज्ञा उल्लङ्घन गर्छौ? तिमीहरू सफल हुनेछैनौ। तिमीहरूले यहोवा परमेश्वरलाई त्यागेको हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।’”+
-