३३ त्यसैले मोसाले गादका सन्तान, रुबेनका सन्तान+ र युसुफको छोरा मनस्सेको आधा कुललाई+ एमोरीहरूका राजा सिहोनको राज्य,+ बासानका राजा ओगको राज्य दिए।+ मोसाले उनीहरूलाई ती राजाहरूले शासन गर्ने सहरहरू, त्यहाँको जमिन र त्यसवरपरको इलाकामा भएका सहरहरू दिए।
९ त्यसपछि रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरू कनानको सिलोमा अरू इस्राएलीहरूसँग बिदा भएर आफूले अधिकार गर्न पाएको इलाका गिलादतर्फ फर्के,+ जहाँ तिनीहरू यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएबमोजिम बसोबास गर्थे।+