-
प्रस्थान २३:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तिनीहरूलाई तिमीहरूको इलाकामा बसोबास गर्न नदिनू नत्र त तिनीहरूले तिमीहरूलाई मविरुद्ध पाप गर्न लगाउनेछन्। तिनीहरूका देवीदेवतालाई पुज्यौ भने त्यो तिमीहरूको निम्ति पक्कै पासो हुनेछ।”+
-
-
व्यवस्था १२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्न नखोज्नू।+
-
-
न्यायकर्ता २:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तिमीहरूले पनि यस देशका मानिसहरूसित कुनै किसिमको करार नगर+ अनि तिनीहरूका वेदीहरू भत्काइदेओ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ।+ तिमीहरूले किन यसो गऱ्यौ? ३ मैले तिमीहरूलाई पहिल्यै यसो भनेको थिएँ: ‘म तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनेछैनँ;+ तिनीहरूले तिमीहरूलाई पासोमा पार्नेछन्+ र तिमीहरू बहकिएर तिनीहरूका देवताहरूलाई पुज्न थाल्नेछौ।’”+
-