३ “‘“यदि कुनै इस्राएलीले बहर, भेडा वा बाख्रालाई छाउनीभित्र वा बाहिर काट्छ ४ तर उसले यहोवा परमेश्वरको वासस्थानसामु यहोवा परमेश्वरलाई चढाउन त्यस जनावरलाई भेट हुने पालको प्रवेशद्वारनजिक ल्याएर काट्दैन भने ऊ रगतको दोषी हुन्छ। उसले रगत बगाएको छ; त्यसैले उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।