११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू।
१२ “प्रत्येक तेस्रो वर्षको अन्तमा त्यस वर्षको उब्जनीको सबै दशांश* जम्मा गरिसकेपछि+ तिमीहरूले आफ्नो सहरमा बस्ने लेवीहरू, विदेशीहरू, अनाथहरू* र विधवाहरूलाई लगेर ती दिनू र तिनीहरू ती खाएर सन्तुष्ट होऊन्।+