-
गन्ती २१:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनीहरूले त्यहाँबाट पनि यात्रा अघि बढाए र अर्नोनको इलाकामा पाल टाँगे।+ यो इलाका एमोरीहरूको इलाकाको सिमानादेखि सुरु भएको निर्जनभूमिमा पर्छ। अर्नोन मोआबको सिमाना हो। यो मोआब र एमोरीहरूको इलाकाको बीचमा पर्छ।
-
-
न्यायकर्ता ११:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तब इस्राएलीहरूले सन्देशवाहकहरूमार्फत एदोमका+ राजालाई यस्तो सन्देश पठाएका थिए: “कृपया हामीलाई तपाईँको इलाका भएर जान दिनुहोस्!” तर एदोमका राजाले जान दिएनन्। अनि तिनीहरूले मोआबका+ राजालाई पनि त्यस्तै सन्देश पठाएका थिए तर तिनले पनि मानेनन्। त्यसैले इस्राएलीहरू कादेसमै+ बसोबास गरिरहे। १८ निर्जनभूमि हुँदै यात्रा गर्दा तिनीहरू एदोम+ र मोआबको इलाकाबाट हिँडेनन्। बरु मोआबको इलाकाको पूर्वतिरबाट गए+ अनि अर्नोनको इलाकाको छेउमा पाल टाँगे। तिनीहरू मोआबको इलाकाको छेउछाउसम्म पनि गएनन्+ किनभने अर्नोन मोआबको सिमाना थियो।
-