प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ हामीले त्यहाँ नपिलहरू* देख्यौँ, तिनीहरू अनाकीहरू+ अर्थात्‌ नपिलका सन्तान हुन्‌। तिनीहरूको अगाडि त हामी फट्‌याङ्‌ग्राजस्तै देखिन्थ्यौँ अनि तिनीहरू पनि हामीलाई पक्कै त्यस्तै ठान्छन्‌।”

  • गन्ती १४:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब त्यहाँ भेला भएका सबै मानिसले हल्लीखल्ली गर्न थाले अनि तिनीहरू रातभरि ठूलठूलो स्वरले रोइरहे।+ २ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो! ३ तरबारले मारिन यहोवा परमेश्‍वरले हामीलाई किन यहाँ ल्याउनुभयो?+ हाम्रा पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिनेछ।+ योभन्दा त बरु मिश्रमै फर्कनु राम्रो हो!”+

  • गन्ती ३२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ एस्कोल बेँसीमा*+ पुगेर कनान देश हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई साह्रै निराश बनाउने खबर सुनाए र यहोवा परमेश्‍वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको देशमा जानदेखि उनीहरूलाई रोके।+

  • व्यवस्था १:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ हाय, हामी कस्तो ठाउँमा जाँदै छौँ! त्यो देश हेरेर आउनेहरूले हामीलाई यसो भनेर हतोत्साहित बनाए,+ “त्यहाँका मानिसहरू हामीभन्दा एकदमै बलिया अनि अग्ला रहेछन्‌। त्यहाँका सहरहरू एकदम ठूलठूला रहेछन्‌ अनि आकाशै छुने पर्खालले घेरिएका रहेछन्‌।+ हामीले त्यहाँ अनाकीहरू पनि देख्यौँ।”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने