प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिमीहरूमाझ कोही पनि गरिब नहोस्‌। किनभने यहोवा परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा जुन देश दिनुहुनेछ, त्यहाँ यहोवा परमेश्‍वरले तिमीहरूलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ।+

  • व्यवस्था १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+

  • व्यवस्था १५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूले उसलाई मन नलागी-नलागी होइन तर खुला मनले दिनू।+ त्यसरी दियौ भने मात्र यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको मेहनतमा आशिष्‌ दिनुहुनेछ र तिमीहरू जे काम गर्छौ, त्यसमा तिमीहरूलाई सफल तुल्याइदिनुहुनेछ।+

  • हितोपदेश १९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+

      त्यसको इनाम उहाँले दिनुहुन्छ।+

  • लुका ६:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसैगरि यदि तिमीहरू जसबाट फिर्ता पाउने आशा गर्छौ, तिनीहरूलाई मात्र ऋण* दिन्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र?+ किनकि पापीहरूले पनि त साँवा फिर्ता पाउनेगरि पापीहरूलाई ऋण दिन्छन्‌। ३५ बरु तिमीहरू आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो अनि तिनीहरूको भलो गरिरहो अनि केही फिर्ता पाउने आशा नगरी ऋण दिइरहो।+ तब तिमीहरूले ठूलो इनाम पाउनेछौ अनि तिमीहरू सर्वोच्च परमेश्‍वरका छोराहरू हुनेछौ किनकि उहाँ बैगुनी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने