-
व्यवस्था ४:३३, ३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ दनदनी बलिरहेको आगोबाट परमेश्वरले बोल्नुभएको सुनेर पनि जीवित रहन सकेको तिमीहरूजस्तो जाति अरू कुन छ र?+ ३४ तिमीहरूलाई मिश्रबाट छुटाएर आफ्नो प्रजा बनाउन यहोवा परमेश्वरले चिन्हहरू देखाउनुभयो, विपत्तिहरू* ल्याउनुभयो, चमत्कारहरू गर्नुभयो,+ युद्धहरू लड्नुभयो,+ आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गर्नुभयो+ अनि भयानक कामहरू गर्नुभयो।+ त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ। एउटा जातिलाई अर्को जातिबाट छुटाउन के परमेश्वरले पहिला कहिल्यै यस्तो गर्नुभएको थियो?
-