-
व्यवस्था ११:२६-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “हेर, मैले आज तिमीहरूको अगाडि आशिष् र सराप राखिदिएको छु:+ २७ यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू, जुन आज म तिमीहरूलाई दिँदै छु, ती पालन गऱ्यौ भने तिमीहरूले आशिष् पाउनेछौ।+ २८ तर तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गरेनौ, मैले आज तिमीहरूलाई हिँड्नू भनेको बाटोमा हिँडेनौ र चिन्दै नचिनेको देवताहरूलाई पुज्न थाल्यौ भने तिमीहरूले सराप पाउनेछौ।+
-
-
२ राजा १७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहोवा परमेश्वरले इस्राएलका सबै सन्तानलाई त्याग्नुभयो। उहाँले तिनीहरूको अपमान गर्नुभयो र तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो। उहाँले तिनीहरूलाई आफ्नो सामनेबाट नहटाउन्जेल त्यसो गरिरहनुभयो।
-