-
उत्पत्ति १७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ अब्राम ९९ वर्षको हुँदा यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो: “म सर्वशक्तिमान् परमेश्वर हुँ। सधैँ मैले देखाएको बाटोमा हिँड अनि निर्दोष जीवन बिताऊ।
-
-
उत्पत्ति १७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “तिमी र तिम्रा सन्तान-दरसन्तानसित गरेको कहिल्यै नटुट्ने यो करार म पूरा गर्नेछु।+ म तिम्रो र तिम्रा सन्तानको परमेश्वर हुनेछु।
-
-
उत्पत्ति २२:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ र यसो भने: “यहोवाले यस्तो सन्देश पठाउनुभएको छ, ‘मेरो निम्ति यति ठूलो त्याग गर्न तिमी राजी भयौ र आफ्नो एउटै छोरा बलि चढाउन समेत पछि हटेनौ।+ त्यसैले म आफ्नै कसम खाएर भन्छु,+ १७ म तिमीलाई निश्चय आशिष् दिनेछु र म निश्चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्।+
-