-
१ राजा ९:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन् र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्नेछन्, ‘यहोवा परमेश्वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ ९ अनि उनीहरूले भन्नेछन्, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने आफ्ना परमेश्वर यहोवालाई त्यागे अनि अरू देवीदेवताको पछि लागेर तिनीहरूलाई दण्डवत् गरे र पुजे। त्यसैले यहोवाले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+
-
-
२ इतिहास ७:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यो भवन तहसनहस हुनेछ। यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्+ र यसो भन्नेछन्, ‘यहोवा परमेश्वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ २२ अनि उनीहरूले भन्नेछन्, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने+ परमेश्वर यहोवालाई त्यागे+ अनि अरू देवीदेवताको पछि लागेर उनीहरूलाई दण्डवत् गरे र पुजे।+ त्यसैले उहाँले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+
-