२७ “तिमीहरू त्यहाँ पुग्नुअघि नै मानिसहरूको मनमा म मेरो डर हालिदिनेछु।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ म खैलाबैला मच्चाइदिनेछु। म तिमीहरूका शत्रुहरूलाई पराजित गर्नेछु र तिनीहरू भाग्नेछन्।+
२५ आजदेखि म पृथ्वीमा भएका सबै मानिसको मनमा डर पैदा गरिदिनेछु; तिमीहरूबारे सुन्नेबित्तिकै तिनीहरूको होसहवास उड्नेछ। तिनीहरूमाझ खैलाबैला मच्चिनेछ र तिनीहरू डरले थरथर काँप्नेछन्।’*+
२५ तिमीहरूविरुद्ध कोही पनि खडा हुन सक्नेछैन।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ तिमीहरूका परमेश्वर यहोवाले सबै मानिसको मनमा तिमीहरूको डर र त्रास फैलाइदिनुहुनेछ।+ यसरी उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।